पूर्वराजा ज्ञानेन्द्रको वक्तव्य,–अस्तित्वमा घात प्रतिघातको कालो बादल



काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्तित्वमा घातप्रतिघातको कालो बादल मडारिएको टिप्पणी गरेका छन् । पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनुसार व्यवहार गर्न नसक्दा यस्तो अवस्था आएको दाबी गरेका छन् ।

 

उनले हरेक स्वतन्त्र राष्ट्रका लागि राष्ट्रनिर्माणको दिन महत्वपूर्ण क्षण हुने भन्दै यस्ता क्षणलाई भुल्दा देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको उल्लेख गरेका छन् ।

 

पूर्वराजा शाहले नागरिकका निम्ति देशभन्दा ठूलो कुनै वाद वा विचार नहुने भन्दै नेपालीबीच फाटो पैदा गर्ने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावनालाई क्षति पुर्याउनेलाई प्रोत्साहन कुनै पनि वाद वा विचारको आडमा गर्न नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्