नेकपाले अग्नि अघि सार्दा कांग्रेसको आपत्ति



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुखमा नेकपा नेता अग्निप्रसाद सापकोटालाई अघि सारेकोमा आपत्ति जनाएका छन् ।

आफ्नो सामाजिक संजाल फेसबुकमार्फत उनले सापकोटाको मुद्धा अदालतमा विचाराधिन कायम रहेकै अवस्थामा नेकपाले सभामुखमा उम्मेदवार बनाएकोमा उनले आपत्ति जनाएका हुन ।

प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा नेकपालाई नै विचाराधिन मुद्दामा उन्मुक्ति दिने अधिकार कसरी प्राप्त भयो ? भनी प्रश्न गरेका छन्।

शर्माले ट्विटमार्फत सत्तारुढ दल नेकपालाई प्रश्न गरेका छन्– ’सत्य निरूपणको टेबुलमा थियो त अलग कुरा अन्यथा अदालतमा विचाराधिन मुद्दामा के उन्मुक्ति दिने अधिकार राख्ने थलो हुन् राजनैतिक दल या संसद?’ उचित व्यक्ति छनोट नभए पदको गरिमा नै धरापमा पर्ने प्रवक्ता शर्माले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्