खेतको आलीबाट शुरु भएको सहकारी जिल्लाकै नमूना


पाल्पा : झट्ट सुन्दा अनौठो लाग्छ, खेतको आलीबाट शुरु रामपुरको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लाकै नमूना सहकारीका रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

आज भन्दा दुई दशक अघि रामपुर नगरपालिका–७ स्थित बिरुवा खेतको आलीमा केही स्थानीयवासीले सहकारी सञ्चालनको सोच बनाए अनुरुप विसं २०५६ पुस २० गते यो सहकारी अस्तित्वमा आयो ।

खेतको आलीमा बसेर दैनिक ५० रुपैयाँका दरले सञ्चालन गर्ने गरी थिति बसालेको यस सहकारीमा अहिले भने रु ८७ करोड बराबरको कारोबार हुने गरेको छ । एक अर्बको कारोबार पु-याउने संस्थाको लक्ष्य छ ।

अहिले यो सहकारी पूर्वी पाल्पाका धेरै नागरिकलाई सेवा दिन सफल छ । सानो पूँजीको प्रयोगमार्फत आर्थिक समृद्धि चाहने जुझारु जो कोहीका लागि यो भरपर्दो सहारा सावित भएको छ ।

यो संस्था सञ्चालनमा आएसँगै कैयौं उद्योगी, व्यवसायी, व्यापारी, कृषकलाई व्यवसाय गर्ने महत्वपूर्ण सारथी बन्यो । बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेका कारण पैसाकै अभावमा अन्योलमा रहेका सर्वसाधारणलाई यो संस्थाले उद्यमशीलतातर्फ उन्मुख गरायो ।

सहकारीले आफ्नो सेवाको क्षेत्रलाई पनि त्यही अनुरुप फराकिलो बनाउँदै लग्यो । खेतको आली हुँदै चौतारी, खुल्ला चउर, भाडाका कोठामा सञ्चालन गरिएका धेरै तितामिठा अनुभव सङ्गालेको यो सहकारीको अहिले आफ्नै सुविधासम्पन्न भवन छ ।

जिल्ला सदरमुकाम तानसेनदेखि करीव ६५ किलोमिटर पूर्व रामपुर नगरपालिकामा केन्द्रीय कार्यालय रहेको यो सहकारीमा सेवाग्राहीको चाप बढेसँगै शाखाहरु खोलिएका छन् ।

सहकारीबाट बिनाधितो ऋण पाएपछि यहाँका महिलाहरू घरमै बसी विभिन्न आयमूलक व्यवसाय गर्न थालेका छन् । सहकारीको लघुवित्त कार्यक्रममा आबद्ध भई बिनाधितो ऋण लिएर च्याउ खेती, भैंसीपालन, बाख्रापालन व्यवसायमा लगानी गरेको रामपुर नगरपालिका वडा नं ५ बस्ने लक्ष्मी राना बताउछन ।

“सहकारीले ऋण दिएकाले कृषि व्यवसाय गरेकीे छु, राम्रो भएको छ, व्यवसाय राम्ररी चलेको देखेपछि संस्थाले सहुलियत ऋण मात्र नभई व्यवसायको मूल्याङ्कन गरी यो वर्ष मलाई पुरस्कृत पनि ग¥यो,” रानाले हर्ष व्यक्त गर्दैै भन्नुभयो । आफूले समय समयमा कर्जा बुझाउँदै ऋण लिँदै व्यवसाय बढाउने गरेको उनले सुनाए।

सहकारीले व्यवसाय गर्न ऋण लगानी गरिदिएपछि राना जस्तै रामपुर–१० का कमलराज वस्तीले व्यावसायिक भैंसीपालन गरेका छन । सहकारीमा आबद्ध भएसँगै व्यवसायमा सहकारीले ऋण दिने गरेको र त्यसै कारण दुई चार पैसाका लागि अरूलाई गुहार्न नपरेको वस्ती बताउछन ।

रामपुर नगरपालिका–५ बहखोला बस्ने अर्की स्थानीयवासी उर्मिला राना व्यवसाय चलाउन धेरै ठाउँमा भौंतारिए । ऋण दिन आफन्त, साथीभाइ, छिमेकी कसैले पत्याएनन् । सहकारीमा आबद्ध भएपछि सजिलै सँग बिनाधितो ऋण लिएर होटल व्यवसाय चलाएको अनुभव उनले सुनाए ।

“परिवारमा कमाउने कोही नहुदा दैनिकी चलाउन पनि मुस्किल थियो,” विगत सम्झँदै उनले भने – “सहकारीबाट ऋण झिकेर होटल व्यवसायमा लगानी गर्दा अहिले राम्रै भएको छ । घर घडेरी जोड्दै आनन्दसँग जीवनयापन गर्न पाएका छौं ।”

उनीहरु जस्ता धेरैको जीवन जिउने आधार बनेको छ, अन्धकारमुक्ति साकोस । संस्थाबाट ऋण लिएका व्यक्तिले व्यवसायमा राम्रो प्रगति गरेको अध्यक्ष सागरप्रसाद देवकोटा बताछन ।

“संस्था सेवामुखी हो भन्ने भावना हामी सबैमा छ, हामीले सदस्यको आर्थिक अवस्था बलियो कसरी हुन्छ भनेर सहुलियत दरमा ऋण, बिनाधितो ऋण उपलब्ध गराउँदै आएका छौँ,” अध्यक्ष देवकोटाले भने ।

सहकारीमा हाल बाल बचतसहित नौ हजार ७०९ सदस्य आबद्ध छन् जसमा महिला छ हजार ६९९, पुरुष एक हजार ६४९, बाल बचतकर्ता एक हजार ३६१ छन् ।

कुल २९८ वटा लघुवित्त केन्द्र छन् । लघुवित्तमा आबद्ध महिला सदस्यलाई व्यवसाय गर्न बिनाधितो दुई लाख, धितो राखेर ५० लाख सम्म सहुलियत ऋण प्रवाह भइरहेको व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेल बताउछन ।

“सहुलियत ऋण पाएपछि संस्थामा नयाँ सदस्यको आकर्षण बढ्दो छ, सेवालाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाएका छौँ,” उनले भने – “संस्थाबाट ऋण लिएका सदस्य व्यवसायबाट आर्थिक क्षेत्रमा अब्बल बन्दै जनाएका छन ।”

संस्थाले तीन वर्ष अघि आफ्नै हलसहितको तीन तले २४ कोठे भवन निर्माण गरी सेवा दिँदैआएको छ । सहकारीले रामपुर नगरपालिकासहित पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा दिइरहेको छ । केन्द्रीय कार्यालय रामपुर नगरपालिका–७ डुम्रीगाउँ छ भने रामपुर, तनहुँ, जब्गादी र रामटार एक÷एक वटा शाखा छन् । सहकारीले ३६५ दिन नै कार्यालय सञ्चालन गरी सेवा दिँदै आएको छ ।

सञ्चालक समितिले बनाएको मापदण्डलाई कर्मचारीले अनुसरण गरी ३६५ दिन नै कर्मचारी खटिएका छन् । सार्वजनिक विदाका दिन तीनजना कर्मचारी र दुईजना कार्यालय सहयोगीबाट सेवा प्रवाह भइरहेको संस्थाका पूर्व सचिव तथा हाल लेखा समितिका संयोजक विष्णुप्रसाद लम्सालले जानकारी दिए ।

संस्थामा आबद्ध ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ध्यानमा राखेर सहकारीले २०७४ सालदेखि भत्ता स्वरुप मासिक रु ५०० प्रदान गर्दैआएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : आज फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी मनाइँदैछ । आज

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि त्यसको विरोधमा

काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै बर्खास्त गर्न माग

काठमाडौं : सुनको मूल्य आज (बिहीबार) उकालो लागेको छ । यससँगै सुनको मूल्यले नेपाली बजारमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज

भीमदत्तनगर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त

चरिकोट : सुपशिद्व दोलखाको भीमश्वर मन्दिरको शीलामा आज (बिहीबार) पसिना आएको छ । आज बिहान

तस्विर : अन्नपूर्ण पोष्ट काठमाडौं : सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन

काठमाडौं : यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र