भलिबल क्लब च्याम्पियनसिप : जाउलाखेललाई पराजित गर्दै बुलबुले राराको जित



काठमाडौं : पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ बुलबुले रारा क्लबले जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आज भएको दोश्रो खेलमा बुलबुले रारा क्लबले
जाउलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

बुलबुलेले जाउलाखेललाई २५– १०, २५–२० र २५–१० ले पराजित गर्यो।

मंगलबार हुने लिग चरणको खेल तालिका

पुरुष तर्फ

समूह ‘बी’ एपिएफ र जावलाखेल– बिहान ९ः३० बजे

समूह ‘सी’ पुलिसविरुद्ध मणिमुकुन्द – बिहान ११ः ३० बजे

महिला तर्फ

समूह ‘ए’ एपिएफविरुद्ध आर्मी – दिउँसो १ः३० बजे

समूह ‘बी’ न्यू डायमण्डविरुद्ध ढोरपाटन ३ः३० बजे

प्रतिक्रिया दिनुहोस्