साढे पाँच महिनामा सरकारले बाँड्यो पाँच करोड २३ लाख



काठमाडौं : सरकारले मापदण्ड र आधारविना आफू निकटकालाई राज्यकोषबाट करोडौं रुपैयाँ आर्थिक सहायता वितरण कार्य जारी राखेको छ । 

आर्थिक मितव्ययिता र सुशासनको नारा दिँदै आएको सरकारले साढे पाँच महिनामा राज्यकोषबाट पाँच करोड २३ लाख ६५ हजार एक सय ३४ रुपैयाँ वितरण गरेको हो । 

गत साउनदेखि पुसको दोस्रो सातासम्म सरकारनिकट ८४ जना तथा विभिन्न संघसंस्थालाई सो रकम वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको छ । मन्त्रिपरिषदको ठाडो प्रस्तावमा रकम वितरण गर्ने निर्णय गरिँदै आएको स्रोतको दाबी छ । 

मन्त्रिपरिषदले रकम वितरण गर्ने निर्णय गरे पनि रकम भने गृह मन्त्रालयबाट वितरण हुँदै आएको छ ।  मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार पुस ९ गते मात्रै एकै दिन ९० लाख रुपैयाँ वितरण गर्ने निर्णय गरिएको थियो । 

सो दिनको मन्त्रिपरिषद बैठकले ११ जनालाई ९० लाख रुपैयाँ दिने निर्णय गरेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्