‘ए’ डिभिजन लिग : च्यासलविरुद्ध आर्मीको सहज जित



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले ३–० गोल अन्तरले जित हात पारेको हो।

दोस्रो हाफको ५८ औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। त्यसैगरी
आर्मीका लागि ७३ औं मिनेटमा फरवार्ड नवयुग श्रेष्ठ र खेलको ५ मिनेट समय बाँकी रहँदा सन्तोष तामाङले गोल थप्दै जित पक्का गर्यो ।

जितसँगै आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आर्मीले ७ खेलमा १६ अंक बनाएको छ । यता च्यासलले भने ७ खेलमा ६ अंक बनाएको छ।

प्रतिक्रिया दिनुहोस्