स्थानीय तहको खर्च र आम्दानीको प्रगति सन्तोषजनक देखिएन



काठमाडौं : संघीय सरकारको अध्ययनले स्थानीय तहको खर्च र आम्दानीको प्रगति सन्तोषजनक नदेखिएको निष्कर्ष निकालेको छ । 

गत वर्षमा स्थानीय तहले वित्तीय समानीकरण अनुदानवापत संघबाट प्राप्त गरेको बजेटको ९६ प्रतिशत र सशर्त अनुदानको ९० प्रतिशत मात्रै खर्च गरेको पाइएको हो ।  

संघीय सरकारले तयार पारेको ‘समग्र सरकारको एकीकृत वित्तीय प्रतिवेदन २०७४ ले यस्तो तथ्यांक देखाएको हो । गत आर्थिक वर्ष स्थानीय तहको खर्च अपेक्षित देखिएको प्रतिवेदनमा उललेख छ । 

संघीय सरकारको तुलनामा स्थानीय तहको शिक्षा र स्वास्थ्य क्षेत्रमा वित्तीय प्रगति राम्रो देखिएको छ । यद्यपि, पुँजीगत खर्च सन्तोषजनक नदेखिएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहको ट्रेजरीमा ४१ लअर्ब रुपैयाँ संकलन भएको तथ्यांकले देखाएको छ ।  

१२ अर्ब सञ्चित कोषबाट ‘होल्ड’ गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । आन्तरिक स्रोतबाट १७ अर्ब राजस्व संकलन भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्