निसास्सिएर आठ भारतीय पर्यटकको मृत्यु



मकवानपुर : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जानकारी दिए। पोखराबाट सोमबार साँझ उनीहरु सो रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्