राजदूत शेर्पाको टुंगो छिट्टै लाग्‍ने



काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे १/२ दिनमै निकास निस्कने बताएका छन् । सञ्चार मन्त्रालयमा बिहीबारको पत्रकार सम्मेलना मन्त्री बाँस्कोटाले शेर्पामाथि भइरहेको छानबिन अन्तिम चरणमा पुगिसकेकाले चाँडै निकास निस्कने दाबी गरे। उहाँमाथि लागेका आरोपको छानबिन गरिरहेको समिति करिब करिब निचोडमा पुगिसकेको छ’, उनले भने, ‘कूटनीतिक मात्र नभएर अलिकति राजनीतिक विषय पनि भएकाले उहाँ (शेर्पा)ले निकास दिनुहुन्छ।

 

शेर्पाको विषय प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले गम्भीर रूपमा लिएको उनले जानकारी दिए। दुवैले उहाँलाई निकास दिन आग्रह गर्नुभएको छ’, उनले भने, ‘उहाँ (शेर्पा) लाई निकास दिन भनिएको छ, शेर्पाजीले निकास दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ।

 

वाइडबडी प्रकरणमा तत्काल कारवाही नहुने मन्त्री बाँस्कोटाले वाइडबडीमा भएको अनियमिततामा संलग्नलाई कारवाही गर्न सार्वजनिक लेखा समितिले गरेको सिफारिस तत्काल कार्यान्वयन नहुने स्पष्ट पारेका छन्। सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदनका आधारमा मात्र दोषीलाई कारवाही हुने उनले स्पष्ट पारे। यथार्थ विवरण नआई वाइडबडी विमान प्रकरणमा दोषी देखिएकामाथि कारवाही हुँदैन’, उनले भने।

 

मन्त्रिपरिषद्को पुस १९ र २३ गतेको बैठकले १४ निर्णय गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए। उनका अनुसार नेपाल विशेष सेवा (अठारौं संशोधन) नियमावली, २०७५ स्वीकृत भएको छ। राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरूको मर्यादाक्रम स्वीकृत भएको छ। ७ जना प्रमुख सेनानीलाई महासेनानीमा पदोन्नती गरी पदस्थापन गर्ने र १३ जना महासेनानीलाई सरूवा गर्ने निर्णय गरिएको छ।

 

भारतको नयाँ दिल्लीमा हुने नेपालभारत सचिवस्तरीय संयुक्त जलस्रोत समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव डा. सञ्जय शर्माको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय पनि गरिएको छ। रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ मन्त्रिपरिषद्ले स्वीकृत गरेको अन्नपुर्णमा खवर छ

प्रतिक्रिया दिनुहोस्