लोक गायिका टिका सानुको कसले दुखायो मन ?



काठमाडौं : अहिलेको हटकेक गायिकाको रुपमा रहेकी लोक गायिका टिका सानुले फेसबुक पेजमा निकै भावुक स्टाटस लेख्दै चित्त दुखाएकी छन् । उनले अहिले निकै लोकप्रिय कार्यक्रमको रुपमा रहेको ईण्द्रेणीको साथमा भारत गएर आफ्नो प्रस्तुुती दिन नपाएकोमा भन्दा पनि आयोजकले उनलाई लैजान ईन्कार गरेको कारण चित्त दुखाएकी हुन ।

उनलाई आयोजकले तिजताकाको कुरालाई लिएर भारतमा जान नपाएकोमा भन्दा पनि आयोजकले आफूलाई बाईपास गरेको भन्दै फेसबुकमा निकै मार्मिक स्टाटस लेखेकी छन् । उनी भारतको नयाँ दिल्लीको कार्यक्रममा दर्शकहरुले नदेख्दा आफूलाई किन नाआएको भन्दै प्रश्न गरेको प्रति क्षमायाचना समेत गरेकी छन् ।

टिकाले आफ्नो गल्नि नभई आयोजकहरुले ‘दाङ देउखुरी सेवा समाज दोहा कतार’ का कारण आफूलाई कार्यक्रममा नलगिएको पनि बताएका छन् । तर उनले यसमा आफूलाई चित्त दुखाई नभएको समेत बताएकी छिन् । हेर्नुहोस उनको स्टाटस जस्ताको तस्तै :
सन्सार कै लोकप्रिय कार्यक्रम इन्द्रेणी समूह अहिले कार्यक्रम को लागि नया दिल्ली पुगेको छ । यस्मा म निकै खुशी छु ।
अहिले को नया दिल्लिको कार्यक्रम मा हजुर किन न आयको भनेर मलाइ हजारजना मेरा दर्सकस्रोताहरुले मलाइ SMS गरेर सोध्नुभयो मैले यकयक गरि सबैलाइ जवाफ दिन सकिन
तेसैले मेरो आधिकारिक लाइक पेज बाट सबैलाइ यकमुस्ट जानकारी गराउदै छु ।

इन्डिया बाट कार्यक्रम को कुरा गर्न आउनुभयको दाइ ले भन्नुभयछ ,, इन्द्रेणी टिम लानी टीका बाहेक को ।
कृष्ण दाइ ले सोध्नुभयछ किनरु उहाले उत्तर दिनुभयछ कि
तिज सिजन मा कतार मा मेरो साथिले आयोजना गरेको कार्यक्रम मा उस्ले धोका दि १ तेसैले टीका लाई पनि मैले इन्डिया लगेर कार्यक्रम गरे भने मलाइ मार्छन मेरो साथी हरु रिसाउछन ।
यत्ती सुने पछि म जान उचित ठानिन किन कि त्यो जुन तिज बेलाको कुरा आयो बुझ्ने ले पो बुझ्छ म कति अप्ठ्यारोमा थिय ( दाङ देउखुरी सेवा समाज दोहा कतार ) ले आयोजना गरेको तिज मिलन कार्यक्रम मा चाहेर धोका दियको होइन अझै पनि त्यो सस्था प्रती म अति नजिक छु जस्तो लाग्छ ११ मैले जानेर दियको धोका होइन भनेर मैले बार बार भन्दा पनि यत्ती सम्म गर्न सक्ने मान्छेहरु लाई के भन्नू ?

मलाइ यो कुरा मा दुख भन्दा पनि धेरै खुशी लागेको छ जब इन्द्रेणी टिम इन्डिया को यात्रा मा भनेर यरपोट मा खिचियको तस्बिर सहित को इन्द्रेणी समाज मा आयको समाचार मा मलाई धेरै धेरै ले सोध्नुभयो रु कमेन्ट मा प्रतेक ले टीका खोइ रु भन्ने प्रश्न गर्नुभयो । मैले यतिन्जेल सम्म गरेको संघर्ष चिन्ने मेरा दर्सकभगवान हरु लाई मुरि मुरि धन्यवाद ।
नया दिल्ली मा टीका सानू र टीका का दोहोरी हरु मन पराउनी सम्पुर्ण लाई मीठो सम्झना ।

कलाकार हरुको वास्तविक बाध्यता नबुझी विभिन्न आरोप लगाउदै हर स्थान का कार्यक्रम बाट बहिस्कार गरे पनि मलाइ गर्व छ कि दर्सक को रोजि र खोजी त छनी ।तर कुरा यत्ती हो खादै नखाय को बीस लाग्नु र कसैले नामै तोकेर टीका सानू लाई टिम मा नल्याउनु भन्दा कता कता मन सारै दुख्दो रैछ।

तर पनि म खुसी नै छु मुरि मुरि धन्यबाद ती आयोजक ज्यु हरु लाई जस्ले आफ्नै कार्यक्रम मा उपस्थित हुने दर्शक को भावना लाई समेत कुल्चेर मसङ्ग प्रतिसोध लिन खोज्नु भो , तपाई हरु को सधै जय होस म दुखी को त जे सुकै भय होस ।

प्रतिक्रिया दिनुहोस्