भलिबल क्लब च्याम्पियनसिप : पुलिस र एपिएफ क्वाटरफाइनल प्रवेश



काठमाडौं : पाचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपाल पुलिस क्लब र एपिएफ क्लब क्वाटरफाइनल प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राखेप कर्भड हलमा आज भएको खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्वाटरफाइनल प्रवेश गरेको हो।

पुलिसले मणिमुकुन्दलाई २५–१४, २५–२० र २५–१४ को सेटमा पराजित गर्यो। जितसँगै पुलिसको ६ अंक रहेको छ भने मणिमुकुन्दको ३ अंक रहेको छ। यसैबीच आजै भएको अर्को खेलमा एपीएफले जाउलाखेल भलिबल केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो।

एपीएफले जावलाखेललाई २५–१४, २५–१० र २५–९ को सेटमा पराजित गरेको हो। जितसँगै एपीएफको ६ अंक भएको छ।

प्रतिक्रिया दिनुहोस्