‘ए’ डिभिजन लिग : सातौं चरणको खेल सकिदा आर्मीको अग्रता, पुछारमा सरस्वती



काठमाडौं : शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणका खेल सकिएको छ। सातौं चरणको खेल सकिदा मछिन्द्र र मनाङलाई पछि पार्दै त्रिभुवन आर्मीले अग्रता लिएको छ।

आर्मी ७ खेलबाट १६ अंक सहित शीर्ष स्थानमा छ भने समान १३ अंक जोडेको मछिन्द्र क्लब र मनाङ मस्र्याङदी क्लब गोल अन्तरका आधारमा क्रमशः दोश्रो र तेस्श्रो स्थानमा छ।

एनआरटी, थ्री स्टार र नेपाल पुलिस क्लबको समान ११ अंक रहेको छ। गोल अन्तरको आधारमा क्रमशः चौंथो,पाचौं र छैठो स्थानमा छन् । संकटा क्लब र जावलाखेल समान ९ अंक रहेको छ भने गोल अन्तरको आधारमा क्रमशः सातौं र आठौं स्थानमा छन्।

यता ब्रिगेड र फ्रन्ड्स क्लबको समान ८ अंकसहित नवौं र दशौं स्थानमा छन् भने शेर्पा ७ अंक सहित११ औं र च्यासल ६ अंक सहित १२ औं स्थानमा छ। एपीएफ ५ अंक सहित १३ औं र सरस्वती एक अंक जोडेर पुछारमा छ।

लिगमा ४९ खेल समाप्त भएका छन् । अब प्रत्यक टिमले ६ खेल खेल्न बाँकी छ। लिगको शीर्ष ६ भित्र पर्ने टिमले राष्ट्रिय लिग खेल्नेछन् । लिगका आठौं चरणको खेल भोली(बुधबार) बाट सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्