आर्मीलाई हराउँदै एपीएफ सेमिफाइनल प्रवेश



काठमाडौं : पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला –पुरुष भलिबल च्याम्पियनसिपको महिललतर्फ एपीएफ सेमिफाइनल प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राखेप कर्भड हलमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ सेमिफाइनल प्रवेश गरेको हो। एपीएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८ र २५–११ ले पराजित गर्यो ।

प्रतिक्रिया दिनुहोस्