अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या



इलाम : बुधबारबाट इलाममा १६ औं अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थमा समस्या देखा परेको छ ।  शरीरमा पसिना आउने र छाती दुख्ने भएपछि इलाम अस्पतालका डाक्टरहरुको टोलीले बिहीबार  राति केसीको चेकजाँच गरेका छन् । 

स्वास्थ्य परीक्षणका क्रममा  रक्तचाप कम भएको र लक्षण हेर्दा सुगर कमी भएको अनुमान गरे पनि डा केसी ले सुगर चेक गर्न दिएनन् ।

प्रतिक्रिया दिनुहोस्