मन्दिर दर्शन गरेर फर्किँदा ट्रक दुर्घटना : ६ जनाको मृत्यु , दर्जनौँ गम्भीर घाइते



धादिङ : मन्दिर दर्शन गरेर फर्किएको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु गम्भीर घाइते भएका छन् ।

मंगलबार धादिङको ज्वालामुखी गाउँपालिका–५ मा रहेको ढोलामण्डली मन्दिरको दर्शन गरेर फर्किने क्रममा ग १ ख ८०१२ नम्बरको ट्रक दुर्घटना भएको हो ।

ज्वालामुखीबाट धादिङबेसी फर्किँदै गरेको ट्रक निलकण्ठ नगरपालिका–९ मैलीभञ्ज्याङको सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार ट्रकमा करीब ४० यात्रु भएको र दर्जनौं यात्रु गम्भीर घाइते भएका छन् । तीव्र गतिका कारण दुर्घटना भएको र घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

यो मण्डलीमा साउन महिनाभर र औंशी, एकादशीबाहेक प्रत्येक मंगलबार पाठी भाकल गरी पूजा गर्ने चलन छ । विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्