शाहरुखकी छोरी सुहाना सामाजिक सञ्जालमा भाइरल



एजेन्सी : बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान सामाजिक सञ्जालमा निकै चर्चामा आउने गर्छिन् ।

बलिउडमा प्रवेश गर्ने हल्लासँगै उनी इन्स्टाग्राम र फेसबुकमा फोटो र भिडिओ राख्दै चर्चामा छिन् । हालै सुहानाको एउटा फोटो इन्स्टाग्रममा भाइरल भएको छ । जहाँ सुहाना अनुहारको अनेक मुद्रामा देखिएकी छन् । र सेतो रंगको टप पहिरिएकी छन् ।

सुहाना हाल अध्ययनका लागि न्युयोर्क फर्किसकेकी छन् । न्युयोर्क युनिभर्सिटीमा अध्ययन गरिरहेकी छन् । उनको पछिल्लो फोटो उनको फ्यान क्लबले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको हो ।

साथै थुप्रैले प्रतिक्रिया दिँदै मन पराएका छन् । पछिल्लो समय सुहानाका तस्बिर र भिडिओले सामाजिक सञ्जालमा खुब चर्चा पाउँदै छन् । शाहरुखका अनुसार सुहाना अध्ययन सकेपछि अभिनयको दुनियाँमा प्रवेश गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्