न्यू डायमण्ड सेमिफाइनल प्रवेश



काठमाडौं : पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आज भएको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड सेमिफाइनल प्रवेश गरेको हो।

न्यू डायमण्डले ढोरपाटनलाई २५–३, २५–१६ र २५–१२ को सेटमा पराजित गर्यो। अब न्यू डायमण्डले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ भने पुलिसले एपीएफसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्