ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता जेल चलान



वीरगन्ज : ठगी मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठा पूर्पक्षका लागि कारागार चालन भएका छन् ।

पर्सा जिल्ला अदालतको इजलाश नं. ३ का न्याधिश कृष्ण प्रसाद सुवेदीको आदेश अनुसार बैठा कारागार चलान भएका हुन् ।

बैठालाई पूर्पकक्षका लागि थुनामा राख्न आदेश भएको पर्सा जिल्ला अदालत वीरगंजका श्रेस्तादार कृष्ण प्रसाद अधिकारीले बताए ।

अदालतको ३ नं. इजलाशको न्याधिशको आदेशअनुसार उनलाई पूर्पक्षको लागि वीरगंज कारागारमा राखेर कारवाही अगाडी बढाउन आज आदेश भएको श्रेस्तदार अधिकारीले जानकारी गराए ।

नेपाल प्रहरीको असई बनाईदिनको लागि रु ७ लाख घुस लिएको आरोपमा बैठालाई हिजो (सोमबार) प्रहरीले नियन्त्रणमा लिएको थियो ।

२ महिना देखी फरार पोखरिया नगरपालिकाको बनकटवा निवासी बैठा सोमबार आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भए पछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यही दिन पर्सा जिल्ला अदालतमा बैठालाई पर्सा प्रहरीले उपस्थित गराउदै ५ दिनको लागि म्याद थप समेत गराएको थियो ।

तर त्यसको भोली पल्ट नै आज (मंगलबार) प्रहरीले बैठालाई अदालतमा हाजिर गराए पछि अदालतले पूर्पक्षको लागि जेल चलान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्