नायिका श्वेता खडकाले वीरगन्जमा बाँडिन् सिरक



वीरगन्ज : श्वेताश्री फाउण्डेशनकी अध्यक्ष तथा नायिका श्वेता खड्काको पहलमा संकलित ३५ थान सिरक आज एक कार्यक्रमका बिच गरिब परिवारलाई बितरण गरिएको छ ।

शहरी गरीब सशक्तिकरण समाजको आयोजनामा बिरगन्ज महानगरपालिका–१ स्थित शान्तीटोलका ३५ घर विपन्न गरिव परिवारलाई मेयर विजय सरावगी द्वारा सिरक बितरण गरिएको हो ।

सिन्धुपाल्चोकका माझी परिवारका निमित्त एकिक्रित बस्ती निर्माण गरिरहेकी नायिका खड्काले बिभिन्न व्यक्तिबाट संकलन गरेको उक्त सिरक बिरगन्जका युवाहरुको साझा संजालको रुपमा गठित शहरी गरिव सशक्तिकरण समाजलाई प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्