बिहेको ४८ घण्टा अगाडि बेहुलीकी आमा बेहुलाको बाबुसँग भागेपछि…



एजेन्सी : भारतको गुजरातमा निकै अचम्म लाग्दो घटना भएको छ । जुन घटनाको बारेमा सुन्ने सबैले जिब्रो टोक्ने गर्छन् ।

जुन घटनाको कारण एक जोडीको विवाह नै रोकिएको छ । कारण ती दुवै बेहुला र बेहुलीको बाबुआमा हुन् । केटाको बाबु र केटीको आमाबीच प्रेम सम्बन्ध स्थापित भएपछि छोराछोरीको बिहे हुनुभन्दा ४८ घण्टा अगाडि भागेपछि विवाह रोकिएको हो ।

जानकारीका अनुसार ती केटा र केटीको इन्गेजमेन्ट धेरै समय अगाडि भएको थियो । र एक वर्षपछि विवाह गर्ने निर्णय भएको थियो । उक्त विवाह फेब्रअरी महिनाको दोस्रो हप्ता गर्ने निधो गरिएको थियो । तर विवाह पहिले नै केटाको ४८ वर्षीय बाबु र केटीको ४६ वर्षीया आमा सँगै भागेपछि विवाह नै नहुने भएको छ ।

उक्त घटनापछि दुवै परिवारले वेपत्ता भएको भन्दै उजुरु निवेदन दिएका छन् । जानकारीका अनुसार केटाको बाबु कातरगम इलाकामा रहँदै आएका थिए भने केटीका परिवार नवसारी इलाकामा बस्दै आएका छन् । उनीहरु गत जनवरी १० मा एकसाथ वेपत्ता भएका थिए ।

केटाकेटीको बाबुआमा आफ्नो विवाह हुनुभन्दा अगाडि देखि नै प्रेमसम्बन्धमा थिए । दुवै कातरगम इलाकामा छिमेकीको रुपमा बसेका थिए । उनीहरु विवाह अगाडि नै सम्बन्धमा रहेको उनीहरु निकट व्यक्तिहरुले बताएका छन् । तर अर्कैसँग विवाह भएपछि ती दुई आपसमा छुट्टिएका थिए ।

प्रतिक्रिया दिनुहोस्