आजबाट चलचित्र ‘चौका दाउ’ प्रदर्शनमा



काठमाडौं : आजबाट चलचित्र ‘चौका दाउ’  प्रदर्शनमा आएको छ । हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्रमा उमेर ढल्किएका ४ बुढाहरु एक तरुनीको मोह जालमा फस्दा आइपरेका समस्यालाई रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ । 

चलचित्रमा सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, रविन्द्र झा,  वर्षा राउत, अजश्र ढुँगाना, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।   

मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको ‘चौका दाउ’  लाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । चलचित्र ‘चौका दाउ’ को परिकल्पनाकार बरिष्ट संगीतकार शम्भुजीत बासकोटा हुन् । उनि करिव साँढे चार दशकदेखि चलचित्र एवम् संगीत क्षेत्रमै सकृय छन् । 

यो चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ । अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको यो चलचित्रको छायँकन दीर्घ गुरुङले गरेका हुन् ।

चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन्, कोमल राजभण्डारी र सुमन गुरुङको नृत्य निर्देशन रहेको छ भने निर्माण संयोजक नरेन्द्र खड्का हुन । 

सौर्य प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्