लुम्बिनीका बौद्ध बिहारहरु गेष्ट हाउसको रुपमा सञ्चालन हुँदै



भैरहवा : लुम्बिनीमा रहेका बिभिन्न देशका बौद्ध बिहारहरु गेष्ट हाउसको रुपमा सञ्चालनमा हुँदा ब्यवसायीको लगानी डुब्ने खतरा रहेको ब्यावसायीले त्यो कार्य रोक्न माग गरेका छन् ।

ब्यवसायीको लगानी डुब्ने खतरा रहेको हुँदा मोनाष्ट्रि तथा बौद्ध गुम्बाहरु गेष्टहाउस जस्तै सञ्चालन नरोके ब्यावसायीले होटलको साँचो नै लुम्बिनी विकास कोषलाई बुझाउने चेतावनी दिएका छन् ।

हाम्रो गेष्ट हाउसका सञ्चालक कृष्ण गुरुङले औँलामा गन्ने बाहेक सबै मोनाष्ट्रिले गेष्टहाउस सञ्चालन गरेको आरोप लगाए । थाई टेम्पलको ५।६ वटा गाडी नै बिहारमा लैजाने गरेको छ, बर्माको त्यस्तै छ कम्बोडिया, हुँदा हुँदा भिक्षुणि बिहारमा समेत त्यस्तै छ । गुरुङले प्रश्न गरे मोनाष्ट्रि बिहारले नै दुई ढाई सय मान्छे बिहारमा राख्ने ? बिहारहरुमा कम्तीमा ५० जना सम्म राखिएको छ एकाध बाहेक सबैले यस्तो गर्ने गरेको ब्यावसायी गुरुङ बताउँछन् । बिहारमा धेरै मान्छे राख्ने होटल धारासायी बनाउने लुम्बिनी विकास कोषको मिलोमतोमा हुने गरेको गुरुङको तर्क छ ।

एनजिओ आइएन जिओले डलर छापेका छन् यसको बिषयमा कसैलाई चासो छैन । लुम्बिनीमा पर्यटक आउन धेरै कठिन छ । गुरुङले भने यहाँ ३ दिन लगाएर आउँछन् ३ घण्टामै फर्किन्छन् । हामी ब्यावसायी पनि मारमा छौँ । करोडौँको लगानी छ, कसरी ब्यवसाय गर्ने । हाम्रो समस्या कसैले सुन्दैन । कोरीयन मोनाष्ट्रिमा आठ सय देखि एक हजार सम्म आएर बस्छन् यहाँ त मोनाष्टिले नै गेष्ट हाउस सञ्चालन गरेका छन् ।

ग्राण्डकस्मो लुम्बिनी होटलका सञ्चालक अक्रामुद्धिन खाँनले लुम्बिनी विकास कोषले बारम्बार बिहारहरुमा पत्र काटे पनि समस्या समाधान नभएको बताए । विकासकोषले पत्र पठाएको प्रतिलिपि हामिसंग छ पत्र पठाउँदा पनि रोकथाम किन हुँदैन उनले भने । बिहारमा ११ जना सम्म राख्ने भन्ने छ तर बिहारहरुमा सयौँ मान्छे छन् हामी ब्यावसायीलाई मर्का परेको छ ।

धर्मशालाको नाममा बिहारहरुमा मासु पाक्ने गरेको खाँनले बताए । मन्दिरमा कुखुराको मासु पाकेको छ । ब्यापारको रुपमा चलेको छ सबैले बुझेका छन् तर किन रोकथाम हुँदैन खाँनले प्रश्न गरे । विकास कोषले धेरै मान्छे लैजान रोक्छौँ भन्नु हुन्छ तर सधै त्यस्तै छ खाँनले भने ।

लुम्बिनी होटल संघका सचिव पुरुषेत्तम अर्याल मन्दिर भित्र गेष्ट हाउस खोलेर होटल ब्यावसायी होटल बन्द गर्ने अवस्थामा पुगेको बताउँछन् । होटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले एसि रुम बनाएर बिहारहरुमा पर्यटकहरुलाई राख्ने त्यसले राज्यलाई केही पनि नजाने बताए । ९ बजे भित्र होटल बन्द गर्न भनिएको छ यसरी कसरी पर्यटन वर्ष सफल हुन्छ ज्ञवालीले भने ।

होटल ब्यावसायी लक्ष्मण भण्डारीले पूर्वाधार नभई भ्रमण वर्ष सफल नहुने बताए । उनले भारतका पर्यटकले सबै खाने कुरा बोकेर आउँने हो भने लुम्बिनीका ब्यावसायीलाई मर्का पर्ने बताए ।

होटल तथा रेष्टुरेन्ट ब्यावसयी संगठन रुपन्देहीका अध्यक्ष गणेश बेल्बासेले गुम्बा, मोनाष्ट्रिहरु गेष्टहाउसका रुपमा सञ्चालन हुँदा ब्यावसायीलाई व्यवसाय सञ्चालन गर्न अप्ठ्यारो भएको बताए । होटल ब्यावसायी लक्ष्मण भण्डारीले भ्रमण वर्षको पूर्वाधार बिनै घोषणा गरेको बताए । लुम्बिनी भ्रमण वर्ष २०७६ पछिका पूर्वाधार अझै बाँकि छन् । भारतबाट पर्यटक नेपाल आउँदा नेपाल आएको पत्तो नै नहुने गरेको भण्डारीले गुनासो गरे । उनले भने, उतैबाट ग्याँस आउँछ टमाटर आउँछ यहाँको ब्यापार छैन । ब्यावसायीलाई सधै समस्या छ ।

लुम्बिनी पर्यटन ब्यावसायी संघका अध्यक्ष हुसेनी प्रसाद लोधले लुम्बिनी विकास कोषका कारण यस क्षेत्रका ब्यावसायी धरासायी भएको बताए । लोधले बौद्ध बिहारमा खाने बस्ने सबै कार्य हुँदा होटलको जस्तै कार्य हुँदा करोडौँ लगानी गरेका होटल ब्यावसायी मारमा परेको बताए ।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्राईले गुम्बाहरु नियम अनुसार सञ्चालन भएको बताए । भ्रमण वर्षका कारण बिमानस्थल छिटो सकिँदैछ धेरै कुरा सकारात्मकरुपमा लिन आग्रह गरे । मोनाष्ट्रिमा कसैले मासु लगेको छैन । लुकाएर लगेको होला । झोलामा लुकाई कसैले लगे होलान् भट्राईले भने, चेक जाँच हुन्छ गार्डले लैजान दिँदैनन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बिस्तारै समस्या समाधान हुँदै जाने बताए । बिगतका समस्याहरु बिस्तारै समाधान हुने छन् मन्त्री गिरीले भने, एकै पटक समाधान हुने होइन प्रक्रिया अनुसार देखिएका समस्याहरुलाई समाधान गर्ने हो ।

प्रतिक्रिया दिनुहोस्