आज देशभर सामान्यतया मौसम सफा, तराई र पहाडी भूभागमा हुस्सु



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसम सामान्यतया सफा रहने छ भने तराई र पहाडी भूभागमा भने हुस्सु र कुहिरो लागेको जनाएको छ ।

गत साता नेपाल प्रवेश गरेको पश्चिमी न्युन चापीय प्रणाली वायुको प्रभाव हाल नेपालमा उल्लेखनीय नरहेको कारण मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

साथै देशको तराई भूभागका अधिकांश स्थान लगायत पहाडी भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आगामी तीन दिनको मौसम
माघ ८ गते (बुधबार)
दिउँसो :
मौसम सामान्यतया सफा रहनेछ । तराईका भूभागमा हुस्सु र कुहिरो रहनेछ ।

राति : मौसम सामान्यतया सफा रहनेछ । तराईका भूभागमा हुस्सु र कुहिरो रहनेछ ।

माघ ९ गते (बिहिबार)
दिउँसो :
मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पूर्वी तराईका भूभागमा हुस्सु र कुहिरो रहनेछ ।

राति : देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १० गते (शुक्रबार)
दिउँसो :
देशभर मौसम सामान्यतया सफा रही केही स्थानमा आंशिक बदली रहनेछ ।

राति : देशभर मौसम सामान्यतया सफा रही केही स्थानमा आंशिक बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्