ट्रम्पविरुद्ध महाभियोगको सुनुवाइ शुरु, सत्तापक्ष र विपक्षबीच चर्को बहस


काठमाडौं : अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा तातो बहस गरिरहेका छन्।

ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस चल्दैछ।

सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीका नेता मिच मक्कोनेल महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्ताबेजलाई झिकाउन नहुने पक्षमा छन्। तर विपक्षी डेमोक्रयाटहरू त्यसो हुन नहुने र यदि त्यसो गरिएमा त्यो ढाकछोप वा सो सरह हुने बताउँछन्।

ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गर्दै युक्रेनबाट नाजायज फाइदा लिन खोजेको र अमेरिकी कङ्ग्रेसलाई आफ्नो काम कारबाहीको छानबिन गर्न नदिएको आरोपको सामना गरिरहेका छन्।

रिपब्लिकनहरूले ट्रम्प प्रशासन र युक्रेनबीचका सम्पर्क सम्बन्धी थप दस्ताबेजहरू ह्वाइट हाउसबाट मगाउनु पर्ने अडान राख्दै डेमोक्र्याटहरूले ल्याएका दुई संशोधन प्रस्तावलाई विफल बनाइदिएका छन्।

त्यहाँ पार्टीका आफ्ना लाइन अनुसारै मतदान भएका छन्। अन्य थप संशोधनहरूका विषयमा पनि विचार विमर्श भइरहेका छन्।

सिनेटको च्याम्बरमा ह्वाइट् हाउसको बजेट कार्यालयका दस्ताबेजहरूमाथि विचार गर्ने कि नगर्ने भन्ने विषयमा बहस भइरहेको छ।

एकजना अभियोजनकर्ता जेसन क्रोले ट्रम्पले नियतवश ती दस्ताबेज रोकेको आरोप लगाए।

उनले भने, “छानबिनका क्रममा बयान दिएका साक्षीहरूले महाभियोग छानबिनसँग सम्बन्धित थुप्रै दस्ताबेजहरू रहेको बताएका छन्। ती दस्ताबेजहरू छन्। तर राष्ट्रपतिले नदिनु भनेकाले ती रोकिएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनसम्बन्धी नकारात्मक जानकारी दिन युक्रेनलाई अनुचित दबाब दिएको आरोप खेपिरहेका छन्।

डेमोक्र्याटहरूले रिपब्लिकनहरू विरुद्ध त्यस मामिलाको ढाकछोप गर्न खोजेको आरोप लगाइरहेका छन्। अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन्। बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले कोरोना भाइरस नियन्त्रण गर्न चीनबाट ल्याइएका सामग्री सातै प्रदेशमा पुगेको छ। प्रदेश

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई दैनिक ज्यालादारी तथा विपन्न वर्गका लागि खाद्यान्न उपलब्ध गराउन आदेश

काठमाडौं : अब सवारी पास सम्बन्धित निकायबाट वितरण गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले

काठमाडौं : कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट युरोप र अमेरिका प्रभावित भएको बेला पूर्वी एशियाली देश जापानमा

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा काठमाडौंको वीर अस्पतालमा भर्ना भएका दुई जनाको आज (सोमबार)

ललितपुर : कोरोनाभाइरस (कोभिड–१९) आशंकामा ललितपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका एक युवाको मृत्यु भएको छ

बुटवल : बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको

दमौली : उच्च ज्वरो आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुगेका व्यक्तिलाई अस्पताल प्रवेश गर्न नदिएपछि

टोकियो : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणका कारण जापानी कमेडियन केन शिमुराको निधन भएको छ । ७०

काठमाडौं : विश्वव्यापी माहामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमण विश्वभर ७ लाख २२ हजार १ सय

काठमाडौं : यतिबेला सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको भन्दै चौतर्फि आलोचना भइरहेको

काठमाडौं : काठमाडौं उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो