सिभिल बैंकले माग्यो ११० कर्मचारी



काठमाडौं: बैकिङ करिर शुरु गर्न चाहनेहरुको लागि खुसीको खबर आएको छ । बित्तीयससंस्थामा काम गर्न चाहनेहरुको लागि सिभिल बैंकले अवसर दिने भएको हो । सिभिल बैंकले ब्यवस्थापकीय र अधिकृत स्तरका शाखा प्रबन्धक १५ जना सहित ११० जना कर्मचारी माग गरेको छ। व्यस्थापकीय र अधिकृतका लागि तीनदेखि पाँच वर्षको अनुभव आवश्यक पर्ने जनाएको छ । यस्तै बैंकले अधिकृत र सहायक स्तरका रिलेसनसिप म्यानेजरमा ३० जना माग गरेको छ। यसमा पनि ३ देखि ५ वर्षको अनुभव चाहिन्छ।

अधिकृत र सहायक स्तरका अपरेसन इन्चार्ज १५ जना माग गरिएको छ। यसका लागि २ देखि ३ वर्षको अनुभव भएपुग्छ। यसैगरी सहायकस्तरका ५० जना कर्मचारी माग गरिएको छ। यसमा एक वर्षको अनुभव खोजिएको छ। आवेदन बैंकको वेबसाइटमा गएर दिन सकिने बैंकले जनाएको छ ।

यसै गरी सूर्य लाइफ इन्स्योरेन्सले इन्ट्री र मिड लेभलमा कर्मचारी माग गरेको छ। संख्या तोकेको छैन। राजधानी र बाहिरका लागि कर्मचारी माग गरिएको हो। यस्तै मञ्जुश्री फाइनान्सले ५ देखि ६ जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्