मालपोत कार्यालय प्रमुख घुससहित रंगेहात पक्राउ



सिरहा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुखलाई पाँच हजार घुससहित पक्राउ गरेको छ ।

हिजो (मंगलबार) दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डललाई पाँच हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

उच्च अदालत जनकपुर राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजात उपलब्ध गराउन सेवाग्राहीसँग घुस रकम माग गरको भन्ने सूचनाको आधारमा निमित्त प्रमुख मण्डललाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

निमित्त प्रमुख मण्डललाई उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिए थप अनुसनधन शुरु गरिएको आयोगले जनाएको छ । मण्डल यसअघि धनुषाको मालपोत प्रमुख मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धार गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ । उनी यसअघि भूमिसुधार तथा मालपोत कार्यालय धनुषाको प्रमुख थिए ।

प्रतिक्रिया दिनुहोस्