राष्ट्रियसभा निर्वाचन : प्रदेश राजधानी आउँदै मतदाता


सुर्खेत : भोलि (बिहीबार) हुने राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख-उपप्रमुख प्रदेश राजधानी सुर्खेत आउने क्रम शुरु भइसकेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशको मतदानस्थल वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा तोकेपछि ७९ वटै स्थानीय तहका प्रमुख-उपप्रमुख आउने क्रम शुरु भएको छ । कर्णालीका कतिपय जिल्लाबाट मङ्गलबार नै प्रमुख-उपप्रमुख वीरेन्द्रनगर आइसक्नु भएको छ ।

कर्णालीबाट राष्ट्रियसभाका लागि रिक्त महिला एक र अन्य समूहको एक गरी दुई पदका लागि भोलि निर्वाचन हुँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मायाप्रसाद शर्मा र सुमित्रा बिसी तथा नेपाली कांग्रेसले डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतलाई उम्मेदवार बनाएका छन् ।

नेकपाले आज प्रदेश पार्टी कार्यालयमा भेला बोलाएको छ । प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, १० वटै जिल्लाका जनप्रतिनिधि, जिल्ला इञ्चार्ज, सचिवलाई भेलामा बोलाइएको बताए । “मतदाता र उम्मेदवारबीच परिचयात्मक अन्तक्रियाका लागि भेला बोलाइएको हो,” उनले भने, “अधिकांश मतदाता प्रतिनिधि आइसक्नुभएको छ, केही आजै आइपुग्नुहुन्छ ।” कांग्रेसले भने मतदातासँग समन्वय गर्ने जिम्मेवारी सम्बन्धित जिल्लाका सभापतिलाई दिएको छ ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता मण्डल हुन् । कर्णालीमा ४० जना प्रदेशसभा सदस्य तथा १५८ स्थानीय तहका प्रमुख-उपप्रमुख छन् । नेकपाले ४० मध्ये ३३ प्रदेशसभा सदस्य र १५८ मध्ये ५३ स्थानीय तह जितेको छ । मतभार निकै फरक अन्तर भएकाले कर्णालीमा पनि नेकपाका उम्मेदवार मतदाता, पार्टी नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् ।

यहाँ नेकपाको कूल मत तीन हजार ५६४ तथा कांग्रेसको ९९० मतभार रहेको छ । राप्रपाको ६६ र स्वतन्त्रको १०८ मतभार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माले)ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको

एजेन्सी : बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने