रकम फिर्ता गर्दै लमजुङका भूकम्पपीडित


लमजुङ : जिल्लाका भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन् । घर बनाउन आवश्यक नभएको भन्दै भूकम्पपीडितको पाउने पहिलो किस्ताबापतको रु ५० हजार बुझेकाले धमाधम फिर्ता गर्न थालेका हुन् ।

हालसम्म निजी आवस पुनःनिर्माण लाभग्राही सूचीमा परेका जिल्लाका विभिन्न स्थानका १७ भूकम्पपीडितले रकम फिर्ता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका अनुसार राइनास नगरपालिकाका चार, दुधपोखरी गाउँपालिकाका तीन, दोर्दी गाउँपालिकाका दुई र मध्यनेपाल नगरपालिकाका दुई जना रहेका छन् । जिल्लामा कूल१४ हजार ६९६ लाभग्राहीमध्ये १३ हजार ७६४ संग सम्झौता भएको र तीमध्ये छ हजार १०४ ले तेस्रो किस्ता बापतको रकम बुझिसकेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये बेँसीशहर नगरपालिकामा रहेका कूल १३ हजार आठ लाभग्राहीमध्ये एक हजार २३५ ले पहिलो किस्ता, ८६५ ले दोस्रो र ६५१ ले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् ।

त्यस्तै मध्यनेपाल नगरपालिकाका एक हजार ५५९ लाभग्राहीमध्ये एक हजार ४४४ ले पहिलो किस्ता, ७९५ ले दोस्रो र ४६० ले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् । सुन्दरबजार नगरपालिका दुई हजार ३६८ लाभग्राहीमध्ये दुई हजार १४२ ले पहिलो किस्ता, एक हजार ५७० ले दोस्रो र एक हजार ६१ ले तेस्रो किस्ता लिएका छन् । क्व्होलासोथर गाउँपालिकाका कूल ३७९ लाभग्राहीमध्ये २७१ ले पहिलो किस्ता, ९३ ले दोस्रो र ६८ ले अन्तिम किस्ता बुझेका छन् ।

राइनास नगरपालिकाका कूल तीन हजार २११ लाभग्राहीमध्ये दुई हजार ९८१ ले पहिलो किस्ता, दुई हजार २७० ले दोस्रो र एक हजार ४७० ले अन्तिम किस्ता बुझेका छन् । त्यस्तै दोर्दी गाउँपालिकाका कूल दुई हजार ३२४ लाभग्राहीमध्ये दुई हजार २५४ ले पहिलो किस्ता, एक हजार १७४ ले दोस्रो र ९०८ ले अन्तिम किस्ता बुझेका छन् । दूधपोखरी गाउँपालिकाका दुई हजार ४४७ लाभग्राहीमध्ये दुई हजार ३५६ ले पहिलो किस्ता, एक हजार ९३६ ले दोस्रो र एक हजार १३२ ले अन्तिम किस्ता बुझेका छन् ।

त्यस्तै मस्र्याङ्दी गाउँपालिकाका कूल एक हजार १०० लाभग्राहीमध्ये एक हजार ३९ ले पहिलो किस्ता, ५४० ले दोस्रो र ३५३ ले अन्तिम किस्ता बुझेको प्राधिकरणले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माले)ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको

एजेन्सी : बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने