
काठमाडौँ : नेपाल भ्रमणमा रहेको अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सेना प्रमुख एडमिरल डेभिडसनले शुक्रबार बिहान रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलसँग भेट गरेका हुन् । संयुक्त राज्य अमेरिकाको इण्डो प्यासेफिक प्रमुख एडमिरल डेभिडसन नेपालको २ दिने भ्रमणमा बिहीबार काठमाडौ आएका हुन् ।
एडमिरलले उपप्रधान तथा रक्षा मन्त्रीसँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्रभित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौतिबारे छलफल गर्दै नेपाल र अमेरिकाले खेल्न सक्ने भुमिकाबारेमा कुराकानी भएको छ ।
साथै अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकाश र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउँदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिए ।
भ्रमणमा रहेका सेना प्रमुखको टोलीले बिहिबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग पनि भेट गरेको थियो ।