दुई लाख नगदसहित गोकर्णेश्वरबाट ९ जना जुवाडे पक्राउ



काठमाडौं : प्रहरीले काठमाडौंको गोकर्णेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बसपार्क डेरा गरी बस्ने ३३ वर्षीय राम बाबु सापकोटाको कोठामा हिजो (मंगलबार) साँझ जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

सिन्धुली जिकल गाउँपालिका–२ घर भएका ५० वर्षीय अमरजन खत्रीलगायत ९ जनालाई नगद २ लाख ५२ हजार ३ सय ५० रुपैयाँ र ९ बुक ताससहित प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्