१७ वर्षीया किशोरीले होस्टेलमै यसरी जन्माइन बाबुबिनाको शिशु



काठमाडौं : केन्द्र सरकारदेखि प्रान्तीय सरकार हुँदै स्थानीय सरकारसम्मले ‘विहावारी, २० वर्ष पारी’ भन्ने नाराका साथ अभियान चलाइरहेपनि देशका विभिन्न भागमा बालविवाह अझै रोकिएको छैन । बालविवाह नरोकिएको मात्र होइन् जोखिमपूर्ण अवस्था र ढंगले सुत्केरी हुने घटाना पनि सार्वजनिक भइरहेको छ।

बालविवाह गरेर सानै उम्मेरमा बच्च जन्माउने पीडादायी समस्याता छदैछ, तर पछिल्लो समय विवाह विनानै आमा बन्ने किशोराको संख्यामा पनि वृद्धि भइरहेको छ ।

यस्तै एउटा घटना छिमेकी देश भारतमा घटेको । होस्टेलमै बस्दै आएकी कक्षा ११ मा अध्ययनरत १७ वर्षीया छात्राले विवाहविनै मृत शिशुलाई जन्म दिएको समाचार बाहिरिएको छ ।

यो घटना हो भारतको छत्तीसगढको । भारतको छत्तीसगढको दंतेवाडाका कक्षा ११ मा अध्ययनरत छात्राले मृत शिशुलाई जन्मदिएकी हुन् । उनले मृत शिशुलाई जन्म दिएपछि अहिले छत्तीसगढमा हलचल नै आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ति छात्राले अस्पतालमा बच्चालाई जन्म दिएकी हुन् । ती किशोरीले जन्माएको जवजात शिशु मृत रहेको जनाइएको छ ।

होस्टेलमा बस्दै आएकी छात्राले शिशु जन्माउन नसकेपछि उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो भने उनले अस्पतालमै मृत शिशुलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

यता स्थानीयवासीले ति किशोरीले होस्टेल भित्रै बच्चा जन्माएको र वार्डनको मिलोमतोमा पछि अस्पताल लगिएको आरोप लगाएका छन् । उक्त घटनापछि होस्टेलकी वार्डन हेमलता नागलाई निलम्बित गरिएको छ । नागलाई घटनाबारे जानकारी रहेको तर लुकाउन खोजेको आरोप समेत लगाइएको छ ।

बच्चा जन्माउने बित्तिकै अभिभावकलाई ती छात्रा बिरामी भएको भन्दै वार्डनले बोलाएको र पछि उनलाई अस्पताल लगिएको थियो ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार घटनाबारे छानबिन गर्न एक टोली समेत गठन गरिएको छ । छानबिनपछि दोषीलाई के कस्तो कारबाही गर्ने भनेर तय गरिने अधिकारीहरूले बताएका छन् ।

समाचार अनुसार ति छात्राले बुधबार बिहान पेट दुखेको बताएकी थिइन् । त्यसपछि उनका अभिभावकलाई बोलाएको थियो । लगत्तै उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा बच्चा जन्माएपछि अभिभावक स्तब्ध भएका थिए । विद्यालय प्रशासनले मृत बच्चासहित किशोरीलाई उनको परिवारसमक्ष सुम्पेको थियो । होस्टेले वार्डनले घटनालाई लुकाउन ती छात्रा बिरामी भएको भन्दै घर पठाइएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्