घट्यो सुनको मूल्य



काठमाडौं : आज (बुधबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । हिजो (मंगलबार) तीन सयले वृद्धि भएर ७५ हजार तीन सयमा कारोबार भएको सुन आज ५ सयले घटेको हो ।

आज नेपाली बजारमा सुन तोलाको ७४ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन तोलामा ७४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको १५ रुपैयाँले घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्