पूर्वपत्नी अमृतासँग छुट्टिदाको पल सम्झेर भावुक भए सैफ, भन्छन्–‘त्यो समय खराव थियो’



एजेन्सी : बलिउड अभिनेता सैफ अली खान पछिल्लो समय भारतीय अवधारणालाई लिएर गरिएको टिकाटिप्पणीका कारण निकै विवादमा आएका छन् ।

यसैबीच, सैफ अली खानले आफ्नी पूर्वपत्नी अमृतालाई लिएर खुलेर बताएका छन् । उनले भर्खरै एउटा अन्तरवार्तामाको क्रममा सैफ निकै भावुक भएका छन् ।

उनले आफ्नी पूर्वपत्नी अमृतासँग टाढिनुको पीडा बताउँदै भने, ‘त्यो समय मेरो लागि निकै कठिन थियो । आफ्नो छोराछोरीसँग टाढा हुदाँको पीडा कस्तो हुन्छ मैलेभन्दा धेरै कसैले सम्झिन सक्दैन । मेरो तीन जना छोराछोरी छन् तिनीहरुलाई म निकै माया गर्छु ।’

सैफ छिट्टै आफ्नो अर्को फिल्म ‘जवानी जानेमन’ मा पिताको भूमिकामा देखिदैछन् । उनले उक्त फिल्मको बारेमा कुराकानी गर्दै अमृतासँग टाढा हुँदाको पीडा सेयर गर्दै भने, ‘आज पनि त्यो पीडादायी पललाई भुल्न सकेको छैन । जो कोहि बालबालिकाको लागि परिवारको साथ हुनु निकै महत्वपूर्ण कुरा हो तर मेरो छोराछोरीले त्यस्तो मायाबाट बन्चित हुनुपर्यो ।’

सैफले एउटा परिवारको दुई जना छुट्टिदा छोराछोरीमा कस्तो असर पर्छ भन्ने कुरा बुझ्न निकै कठिन हुन्छ । र त्यसमा आमाबाबुको भावनालाई बुझ्न झनै कठिन हुन्छ ।
पछिल्लो समय उनी छोराछोरी सबैसँग रमाइरहेका देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्