‘भल्गर’ डान्सर ज्योतिले गरिन् यस्तो बबण्डर



काठमाडौं : उत्तेजक हाउभाउ, भड्किलो पहिरन तथा अपाच्य शब्द प्रस्तुती दिने गायिकाको पर्याय बनेकी लोक गायिका ज्योति मगर बेलाबेलामा विादमा आईरहन्छिन् । उनी फेरी यस्तै खाले हर्कतका कारण फेरी विवादमा तानिएकी छन् ।

निकै भल्गर रुपमा पहिरन र प्रस्तरती दिने ज्योति जहाँ गयो त्यही गसिपको पात्र बन्ने गर्छिन । उनको प्रस्तुती दिदिभाई तथा आमा बुबा सँगै बसेर हेर्न तथा सुन्न सकिदैन । युवा पुस्तामाफ निकै लोकप्रिय रहेपनि ज्योति सबै बर्गका लागि भने फिट छैनन् भन्दा फरक पर्दैन । किन भने उनले प्रस्तुत गरेको गीतको शब्द सुन्दा कता कता अप्ठेरो महशुस सबैले गर्न सक्छन् ।

यसर्थमा उनलाई सबै पुस्तामाझ लोकप्रिय भन्न सक्ने अवस्था छैन । तथापी उनको माग देश तथा विदेशमा हुने विभिन्न कार्यक्रममा बढेको कुरालाई चाहि नकार्न सकिन्न । दर्शक तथा श्रोताहरु उनको उत्तेजक लुक्स हेर्न र अपाच्य शब्द सुन्नकै लागि पनि मरिहत्य गर्ने गर्छन ।

उनी यही कारण बेलाबेलामा विवादमा परिरहन्छन् । अहिले यस्तै मादक पदार्थ सेवन गरेर गरेको बबण्डरका कारण चर्चामा आएका छन् । करिब एक साता अघि काठमाडौको मुटु भनेर चिनिने दरबारमार्गमा रहेको एक रेष्टुरेण्टका कामदारहरुसँग गरेको अभद्र व्यवहारका कारण चर्चामा आएकी हुन ।

त्यो दिन भएको के रहेछ भने दरबारमार्गमा रहेको किङ्स प्यालेस लाउञ्ज बारमा ज्योतिले एक जना केटीसाथीसँग बसेर मदिरा र सितन खाएछन् । मदिरा र सितनको रकम ७ हजार पुगेछ । त्यही विषयलाई लिएर रेस्टुरेण्टका कामदारहरुसँग भनाभन परेछ । ज्योतिले पैसा तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दै लफडा गरिन । त्यो कुरा दरबारमार्ग प्रहरीमा पुगेको र प्रहरीले अभद्र व्यवहारको मुद्धा चल्ने बताएपछि त्यहाँबाट ज्योति कुलेलम ठोकेको बताईन्छ । जसका कारण अहिले लोक संगीत बजारमा यसले व्यापक चर्चा पाएको छ ।

केही समय अघि मात्रै गायिका आश्था राउत प्रहरीको दुव्र्यवहारमा परको भन्दै सामाजिक संजाल फेसबुकमार्फत नेपाल प्रहरीमाथि तथानाम गाली गरेर चर्चामा आएका थिए । अहिले गायिका राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी समेत जारी गरेको छ । उनी नेपाल आएपछि प्रहरीले पक्राउ गर्ने जनाईरहेका बेला लोक गायिका ज्योति पनि यस्तै खाले काण्डमा मुछिएका हु्न । सेक्सलाई सामान्य मनोरन्जनको रुपमा लिने ज्योतिले नेपाली समाजले पचाउन नसक्ने खालको अभिव्यक्ति दिएर बेलाबेलामा चर्चापरिचर्चा कमाउदै आएकी गायिका हुन ।

उनले दरबारमार्गमा भएको त्यो काण्डको बारेमा कुरा गर्ने पत्रकारहरुसँग आफूमाथि दुव्र्यवहार भएपछि प्रहरीकहाँ गएको र भोलीपल्ट आएर मुद्धा दायर गर्नु भनेकोमा त्यसो नगरेको बताएका छन् । त्यस्तै आफूहरुले मुद्धा दायर नगर्ने सोच बनाएको बताउँदै यस विषयलाई चर्काउन खोज्ने चासो संचारकर्मीको मात्र हो त भन्ने प्रतिप्रश्न गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्