जनकपुरको ब्यूटी पार्लरमा निर्धारित मूल्यभन्दा बढि दरमा क्रिम



जनकपुरधाम : जनकपुरकी एक ब्यूटी पार्लर सञ्चालिकाले निर्धारित मुल्यभन्दा बढी मुल्यमा एउटा क्रिम विक्री गरेको फेला परेको छ ।

२ सय ४० रुपैयाँ बजार मुल्य रहेको अनुहारमा लगाउने क्रिमलाई जनकपुरधामको रामचोकमा सञ्चालित मेघा व्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकी सञ्चालिका रिंकु साहले ३ सय २० रुपैयाँमा विक्री गरेको पाईएको हो ।

प्रदेश २ स्थित बाराको बहुअरी–५ मा अवस्थित मारुति फर्मा प्रालिद्वारा उत्पादित मेलाकेयर क्रिमको बजार मूल्य २ सय ४० रुपैयाँ रहेपनि त्यो व्यूटि पार्लरको सञ्चालिका साहले उक्त क्रिममा निर्धारित मूल्यमा पेनले केरमेट गरी आफूखुसी ३ सय २० रुपैयाँ मूल्य लेखेको पाईएको छ ।

तोकिएकोभन्दा ८० रुपैयाँ बढि मुल्यमा यो क्रिम किन बेच्नुभयो भन्ने प्रश्नमा उनले भनिन,‘हामी पनि बजारबाट नै किनेर ल्याउँछौं अनि हामीले ग्राहकसँग अलिकति पनि कमिशन नलिने त ?’उनले प्रतिप्रश्न गरिन् ।

सरकारी निकायहरुले प्रभावकारी ढंगले निगरानी र निरीक्षण नगर्दा यस्ता व्यापारीहरुद्वारा सर्वसाधारण ठगिँदै आएका छन् ।

ग्राहकलाई सामानको मुल्यभन्दा पनि सामान अत्यावश्यक पर्ने भएकाले मोलमोलाई नगर्ने गरेका कारण पसलेहरुले मनोमानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्