साढे चार घण्टासम्म चलेको काङ्ग्रेस हाईकमान्डुमा यस्तो भयो सहमति



काठमाडौं : नेपाली कांग्रेसमा पछिल्ला समय बढ्दै गएको विवादको विषयमा सभापति शेरबहदुर देउवा निवासमा छलफल भएको छ । बुधबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवा निवास बूढानिलकण्ठ पुगेर छलफल गरेका हुन् ।

सभापति देउवा र नेता पौडेलबीच यसअघि गठन भएको कार्यदलले यसबीचमा बनेको आन्तरिक समस्या समाधानको वातावरणका बारेमा नेतृत्वलाई ब्रिफ गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उक्त विषयमा भोलि फेरि आ–आफ्नो गुटमा छलफल गर्नेछन् ।

अर्को बैठक शुक्रबार बिहान ९ः०० बस्ने गरी शीर्ष नेतृत्वबीच साढे चार घण्टा लामो छलफल भएको प्रवक्त विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उनले शिर्ष नेताहरुबीच आन्तरिक विवादका विषयमा सोहार्दपूर्ण छलफल भएको बताएका छन् ।

पार्टीभित्र विवाद उत्कर्षमा भएको बेला नै उपचारका लागि भारत गएका पौडेल नेपाल फर्किएलगत्तै सभापति देउवाले छलफलका लागि निवास बूढानिलकण्ठ बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्