किशाेरीलाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ



बझाङ : स्याउला काट्न जङगल गएको मौका छोपी एक किशाेरीलाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । 

तल्कोट गाउँपालिका ७ दाँतोलाका शेरबहादुर विष्टले मेलीवन भन्ने ठाउँमा १४ वर्षीया किशाेरीमाथि जबरजस्तिकरणी गरेको आरोपमा मेलबिसौना प्रहरीले उनलाई बिहीबार साँझ ५ बजे पक्राउ गरेको हो । 

शुक्रबार पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गराएको डिएसपी प्रवीण धितालले जनाए ।  बालिकालाई स्वास्थ्य चेकजाँचका लागि जिल्ला अस्पताल बझाङमा लगिएको छ । 

प्रतिक्रिया दिनुहोस्