बेनीमा पुस ३० गतेदेखि माघेसंक्रान्ति मेला



म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा पुस ३० देखि माघ १ गतेसम्म माघेसंक्रान्ति मेला आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मुल आयोजनामा दुई दिने मेला हुन लागेको हो ।

‘‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौँ’’ भन्ने मुल नाराका साथ आयोजना हुने मेलामा म्याग्दी डान्स आईडलको रुपमा एकल नृत्य प्रतियोगिता, खुल्ला लोकगित प्रतियोगितासंगै अन्य विभिन्न प्रतियोगिता हुने महिला उद्यम विकास समितिका सभापती सुनिता केसीले जानकारी दिइन् ।

बेनीको कालिपुलमा हुने सो मेलामा स्थानीय उत्पादनका प्रदर्शनी, स्थानीय समुदायको मौलिक र परम्परागत लोकसंस्कृतिको प्रस्तुतीसँगै स्थानीय तथा राष्ट्रिय कलाकारको सांगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ । 

मेलाले कला र संस्कृतिको संरक्षण र व्यापार व्ययवसाय संगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्