सुपर क्रिकेट लिग : जितगढी क्रिकेट क्लब विजयी



रुपन्देही : रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत सम्पन्न गु्रप सी को खेलमा जितगढी क्रिकेट क्लब बेलबास विजयी भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी खेलमा नेपाल टेलिकमजितगढीले देवदह क्रिकेट युनिट देवदहलाई ११६ रनले पराजित गरेको हो ।

निर्धारित ३२ ओभरको खेलमा टस जितेर व्याटिङ गरेको जितगढीले ३२ ओभरमा ७ विकेट गुमाउँदै १७२ रनको योगफल बनायो । उसका लागि सन्दिप सुनारले ४८, सरोज पौडेलले ३५, महेश रानाले २७ र रसिद खानले २२ रनको योगदान गरे । बलिङमा देवहका क्रिकेट युनिटका सुरज दराईले ३, विकास श्रेष्ठले २ तथा गौतम के.सी. र हेमराज पौडेलले १÷१ विकेट लिए ।

जवाफमा देवदहले २२ दशलमव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५६ रन बनायो । उसका लागि प्रेम श्रेष्ठले २३ र ओम पाण्डेले १३ रनको योगदान गरे । बलिङमा जितगढीको सन्दिप सुनार र अनिल खरेलले ३÷३, अर्जुन गिरीले २ तथा विक्रम भुसालले १ विकेट लिए ।

खेलमा जितगढीका सन्दिप सुनार म्यान अफ द म्याच घोषित भए । माघ १८ गतेसम्म प्रतियोगीता सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५÷५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ ।

त्यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई १ हजार प्रदान गरिने संघले जनाएको छ । त्यसै गरी मिनर्वा इङलिस बोर्डिङ स्कूलका प्राचार्य राजकुमार गुुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैंया पुरस्कार सौजन्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्