झापामा चार वर्षीया बालिका बलात्कृत, अाराेपी पक्राउ



झापा : झापा गाउँपालिका-५ मा चार वर्षीया बालिका बलात्कृत भएकी छिन्। शुक्रबार राति पौने ९ बजे झापा गाउँपालिका-५ की चार वर्षीया बालिकालाई कन्काई नगरपालिका-७ का २२ वर्षीय राजकुमार हेमरनले बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ। 

 

हेमरनले चार वर्षीया बालिकालाई फकाएर खेतको आलीमा लगेर करणी गर्दै गरेको अवस्थामा स्थानीय देखेपछि प्रहरीलार्इ खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी शरणामतीबाट खटिएकाे प्रहरीको टोली बालिकाको उद्धार गरी हेमरनलाई नियन्त्रणमा लिएको छ। 

 

पक्राउ परेका हेमरनलाई इलाका प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान सुरू गरेकाे जनाएकाे छ। बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्