दिनेश बानियाँ गुप्ताले मेरो श्रीमती र छोराको अपहरण गर्यो : थारु



शशि पन्थी / भैरहवा : रोहिणि गाउँपालिका वडा नम्बर ४ मा बस्ने नाम पविर्तन (अमर थारु) वैदेशिक रोजगारमा हुँदा श्रीमती र दुई छोरा अपहरणमा परेको किटानी जाहेरी दिँदा समेत फेला पर्न नसकेको बताएका छन् ।

अमर थारु मलेसिया हुँदा यहि पुस १७ गते उनकी श्रीमती नाम परिवर्तन (सीता थारु), छोराहरु १० वर्षीय छोरा युवराज थारु र ४ वर्षीया मुकेश थारुलाई अपहरण गरी अपहरणकारी सम्पर्क विहिन भएको बताउँछन् । दुई छोरा तथा श्रीमतीलाई प्रलोभनमा पारी अमर वैदेशीक रोजगारमा गएको बेलामा रेमिट्यान्सबाट पठाएको पैसा समेत लगेर रोहीणि गाउँपालिका वडा नम्बर ४ मा बस्ने वर्ष ४५ को दिनेश बाँनिया गुप्ता फरार भएको थारुले बताए ।

दुई छोरा र श्रीमतीको अपहरण गर्ने दिनेश बानियाँ गुप्तासँग पहिले विदेशमा हुँदा पुरानो नम्बरमा सम्पर्क भएपनि हाल सम्पर्क हुन नसकेको उनले बताए । पछिल्लो चरणमा नयाँ नम्बरमा सम्पर्क भएको नम्बर समेत सुरक्षित रहेको थारुले दुखेको सुनाए ।

हाम्रो परिवारले गरेको फेन्सी तथा कपडा पसल समेत दिनेश बानियाँले श्रीमतीलाई फकाई अस्त व्यस्त पारी भएको पूँजी समेत सकि घरको आर्थिक अवस्था बिगारेर फरार भएका छन् । थारुले भने, ‘मेरो जेठी श्रीमतीबाट जन्मेका १९ वर्षीय छोरा नाम परिवर्तन (लोकेश थारु)ले पुस २२ गते इलाका प्रहरी कार्यालय धकधईमा जाहेरी दिएका थिए ।

दिनेश बानियाँ गुप्ताले श्रीमतीसहित छोराहरु लिएर फरार भएपछि परिवारमाथिको अमानविय दुब्र्यवहारले धेरै पीडित भएको अमर थारुले बताए । श्रीमती र छोराहरुको खोजी गरिदिन प्रहरीलाई अनुरोध गरे पनि प्रहरीले जाहेरी लिन आलटाल गरेको थारुले बताए । पीडित अमर थारुले पत्नी र दुई छोराहरु प्रलोभनमा पारी अपहरण गरि बन्धक राखेकाले दिनेश बानियाँ गुप्तालाई हदैसम्मको सजाय गरि क्षतिपूर्ती समेत दिलाइदिन प्रहरीसमक्ष माग गरेका छन् । पीडित थारुले विभिन्न प्रलोभनमा पारि श्रीमती, छोराहरु लैजानुका साथै नगद रकम समेत लिएर गएका हुनाले उक्त रकम समेत फिर्ता दिन प्रहरीलाई अनुरोध गरेका छन् ।

थारु आफूले विदेश रहँदा श्रीमतीको नाममा पठाएको लाखौं रुपैयाँको रसिद सुरक्षित राखेको समेत बताए । छोराहरुको अपहरण भयो । यति हुँदा पनि प्रहरीले उजुरी दर्ता गरेर खोजविन गर्नुको सट्टा पुलिसले गाली गरेर पठाउँछ । उनले भने, ‘परिवारहरु हराएका कारण केही काम गर्न खान पनि मन लाग्दैन । मेरा छोराहरु बनियाँले कतै तिर लगेर बेच्यो की । यत्तिका दिनसम्म कुनै सम्पर्क हुन सकेको छैन ।’

प्रहरीले उजुरी दर्ता नगरेरपछि अहिले अमर थारु न्यायको खोजीमा दौडिरहेका छन् । उता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जाहेरी आएको थाहा नभएको बताएको छ । धेरै उजुरी आउने हुँदा हेर्नुपर्ने प्रहरीको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्