प्रदेश ५ मा ३ पदका लागि ३ सय ३५ जनाले मतदान गर्दै



भैरहवा : राष्ट्रिय सभाको निर्वाचनअन्र्तगत आज (बिहीबार) प्रदेश नम्बर ५ मा मतदान भइरहेको छ । दाङमा भइरहेको निर्वाचन केन्द्रमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ति, प्रदेश सरकारका मन्त्रीहरु सहित अधिकांशले मतदान गरिसकेका छन् ।

निर्वाचन प्रक्रियामा प्रदेशसभा सदस्यहरु ८७ जना र स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख २ सय १८ जना गरी कुल ३ सय ५ जनाले मतदाता छन् । मतदानमा भाग लिन १२ जिल्लाका सबै स्थानिय सरकार प्रमुख तथा प्रदेश ५ का सांसदहरु यतिबेला लाइनमा रहेका छन् । प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मिना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ बर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।

जम्मा तीन पदकोलागि हुन गईरहेको निर्वाचनमा दलहरुले आ आफ्नो उम्मेदवारी उठाएका छन् । लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबाट गरि ९ जना चुनाबी प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट रुपन्देहीबाट गोपाल भट्टराई, दाङका जगप्रसाद शर्मा र कपिलबस्तुको विमला घिमिरे चुनाबी मैदानमा छन् । यसैगरी यस्तै नेपाली कांग्रेसको तर्फबाट दाङकी गिरिजादेबी न्यौपाने, अर्घाखाँचीका बालकृष्ण पाण्डे र बाँकेका मेराज अहमद हलवाई चुनाबी प्रतिसपर्धामा रहेका छन् । यसैगरी संघीय समाजबादी पार्टीका तर्फबाट बाँकेबाट सुनिल सिंघल र बर्दियाका कृष्णप्रसाद यादब चुनाबी प्रतिसपर्धामा छन् भन् राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलबस्तुका शिब पौडेलले चुनाबी मैदानमा छन् ।

निर्वाचनमा नेकपाको १७९, नेपाली काग्रेसको ८७ , समाजबादी पार्टीको १८ र राष्ट्रिय जनमोर्चाको ६ जना निर्वाचित प्रतिनिधीले मतदान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्