भलिबल क्लब च्याम्पियनसिप : उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने



काठमाडौं : पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लब भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आज भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–० को सेटमा जित निकाल्दै न्यू डायमण्डले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।

यस अघि पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । अब एपीएफ र न्यू डायमण्डबीचको फाइनल खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्