प्रिन्स, रसिला र जेसिकालाई उपाधि



विराटनगर : विराटनगरमा सम्पन्न प्रेसिडेन्ट कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा १५ र १९ वर्षमुनिको उमेर समूहमा प्रिन्स दाहालले उपाधि हात पारेका छन् । 

त्यसैगरि, महिलातर्फ १५ वर्षमुनि रसिला महर्जन र १९ वर्ष मुनि जेसिका गुरुङले उपाधि हात पारे । 

विराटनगरको सहिद रङ्गशालास्थित कभर्डहलमा शुक्रबार सम्पन्न प्रतियोगितामा प्रिन्सले १९ वर्षमुनिको समूहमा प्रफुल्ल महर्जनलाई दुई शून्यको सेटमा पराजित गरे । 

त्यसैगरि, महिलातर्फको १९ वर्षमुनि जेसिकाले पनि रसिलालाई दुई शून्यको सेटमा स्तब्ध बनाइन् । विजेताले ट्रफीसहित २२ हजार ४ सय रुपैयाँ हात पारे ।

प्रतियोगिता अन्तर्गत सोही उमेर समूहको डबल्समा प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले म्यानमारका ज लिन ह्युटु र थु रिइनलाई दुई एकको सेटमा हरायो । त्यसैगरि महिलातर्फ जेसिका गुरुङ र रसिला महर्जनको जोडीले सीमा राजवंशी र निता लम्सासको जोडीलाई हरायो । 

  

त्यसैगरि, पुरुष १५ वर्षमुनिको खेलमा प्रिन्सले म्यानमारका ज लिन ह्युटुलाई दुई एकको सेटमा हराए । त्यसैगरि, सोही उमेर समूह अन्तर्गत महिलातर्फ रसिला महर्जनले स्मृति राईलाई हराउँदै उपाधि हात पारिन् । 

प्रतियोगितामा नेपालसहित भारत र म्यानमारबाट कुल ७६ खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्