जनकपुरको विद्युतीय पोलमा आगलागी



जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ मा विद्युतीय टार ताङ्गिएको पोलमा आगलागी भएको छ ।

आज (बिहीबार) दिउँसो अचानक विद्युत सर्ट भएर जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बजरंग चोकमा एउटा विद्युतिय पोलमा आगो लाग्दा विद्युत, टेलिफोन, इन्टरनेट र केवलका तारहरु जलेर नष्ट भएका छन् । तारहरु अव्यवस्थित रुपमा ताङ्गिएकाले आगो फैलिंदै गएको स्थानीय प्रत्यक्षदर्शी दिनेश यादवले बताए ।

उनले भने, ‘हामीले आगो लागेको देख्दा तुरुन्तै विद्युत प्राधिकरणमा फोन गरेर लाईन काट्न लगाएपछि ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।’ घटनास्थलमा बारुण यन्त्र पुगेर आगोलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अहिले त्यस आसपासका विद्युत, इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्