बढी केदारमा डिप ट्यूवेलबाट पानी



कैलाली : समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको डोटीको बडिकेदारमा दुई सय आठ मिटर गहिरो डिप ट्युवेलबाट पानी निकालिएको छ । बडीकेदार गाउँपालिकाले ४१ लाख रुपैयाँ खर्च गरेर डिप ट्यूवेल निर्माण गरेको हो । 

ट्यूवेलबाट प्रतिसेकेन्ड पाँच लिटर पानी आउँछ । डिप ट्यूवेलबाट पानी निकालिएपछि स्थानीय खुसी भएका छन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज पाण्डेयले डिप ट्युवेलबाट निकालिएको पानी ट्याङ्की बनाएर स्थानीयलाई वितरण गर्ने योजना रहेको बताए ।

सो क्षेत्रमा खानेपानीको अभाव भएको र अन्य कुनै पानीको श्रोत नभएपछि डिप ट्युवेलबाट पानी निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस्