गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङे पक्राउ



पोखरा : एन्फाका कास्की जिल्ला अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि गण्डकी प्रदेशसभा सदस्य दिपाक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंगलबार प्रदेशसभा सदस्य मनाङेले एन्फा कास्की जिल्ला अध्यक्ष गुरुङलाई मनाङको खेलाडीहरुलाई होटलको बन्दोबस्ती नमिलाएको भन्दै मुक्का हानेका थिए । त्यसपछि उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

उजुरीपछि जिल्ला अदालत कास्कीसँग पक्राउ अनुमति लिएका प्रदेशसभा सदस्य मनाङेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट पक्राउ अनुमति लिएर केहिबेर अगाडी सांसद गुरुङलाई पक्राउ गरिएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय कास्कीको पक्राउ अनुमति पछि प्रहरीले गण्डकी प्रदेश सभाका सभामुखलाई जानकारी दिएर गुरुङलाई नियन्त्रणमा लिएको हो।

लेखनाथको भण्डारी ढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै सदस्य गुरुङले एन्फा कास्की अध्यक्ष गुरुङमाथि तीन मुक्का प्रहार गरेका थिए ।

पोखरामा पहिलो पटक मुख्यमन्त्री कप आयोजना गरिएको र मनाङेले सोही विषयलाई लिएर सार्वजनिक ठाउँमा गाली गलौज गर्दै मुक्का हानेकोले आफू असुरक्षित भएको भन्दै कानुनी कारबाहीको माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्