मलेसियालाई हराउँदै क्यान–११ को लगातार तेस्रो जित



काठमाडौं : एकदिवसिय अभ्यास खेलमा क्यान–११ ले मलेसिया–११ लाई पराजित गरेको छ । पोखरा रंगशालामा मलेसियाले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको क्यान–११ ले २३ ओभर ५ बलमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

क्यान–११ को जितमा रोहित कुमार पौडेलले ४ छक्का र ८ चौका प्रहार गरेर ८१ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २८ रन जोड्दा लोकेश बमले २६ रन बनाए ।

यस अघि पहिले ब्याटिङ गरेको मलेसियाले ४३ ओभरमा ४ बलमा सबै विकेट गुमाएर मात्र १ सय ५७ रन बनाएको थियो । उसका भुसन सेभले सर्वाधिक ३० रन बनाए । यस्तै सेभेन्द्र मोगनले २८, शर्भिन मुनियाण्डिले २२, मोहमद अरिफले १७, शेद अजिजले १५ र विजय उन्नीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

विश्व क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि अहिले नेपाली टिमले पोखरामा अभ्यास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्