मुस्लिम धर्मग्रन्थ पढाउने प्राध्यानाध्यापकले गरे दुई छात्रामाथि यौन दुर्व्यवहार



विराटनगर : मुस्लिम धर्मको धार्मिक विद्यालयका प्राध्यानाध्यापकलाई आफ्नै छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । प्राध्यानाध्यापक (मौलवी) लाई मुस्मिल धर्मको विद्यालयमा कक्षा ५ मा अध्ययनरत दुइ छात्रामाथि जबरजस्ती करणी गर्न गरेको आरोप लागेको हो ।

विराटनगर–८ अशोक चोकमा रहेको ‘मदर्सा रजाए मुस्तफा आधारभुत विद्यालय’ मा अध्यापन गराउँदै आएका ४० वर्षीय प्राध्यानाध्यापक (मोलवी) अमरुद्धिन मियालाई दुई छात्राले जबरजस्ती गर्न गरेको आरोप लगाएका छन् ।

ती दुइ छात्राले मियाले मंगलबार १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेका थिए । ती बालिकाले अभिभावकको सहयोगमा बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएकी छिन् । मंगलबार मियाले दिएको होमवर्क देखाउन बुधबार बिहान अफिस गएकी बालिकालाई जवरजस्ती गर्ने प्रयास गरेका थिए । बालिकाका अनुसार उनले कार्यकक्षमा एक्लै बनाएर संवेदनशील अंगमा छुँदै कपडा खोल्न खोजेपछि उनी प्रतिकार गरेर भागेकी थिइन् ।

मियाले उक्त घटनाबारे कसैलाई भने ती बालिकाको आमाबुबाको बदनाम गरिदिने धम्की दिएका थिए । त्यसैले ती बालिकाले घटनाको बारेमा आफ्ना आमाबुबालाई बताएकी थिइनन् । उनी बुधबारको घटनापछि मदर्सा नगएपछि सोधीखोजी गर्दा मियाले गरेको दुर्व्यवहारको बारेमा बताएपछि आमाबुबाले स्थानीयको सहयोगमा जाहेरी दर्ता गराएका हुन् ।

उक्त बालिकाको जाहेरीपछि मियालाई पक्राउ गर्न गएको जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मिया घर छाडेर भागिसकेको थाहा पाएपछि उनको खोजी कार्य तीव्र गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले मियालाई छिटोभन्दा छिटो पक्राउ गरी सत्यतथ्य पत्ता लगाउने बताएका छन् ।

मुस्लिम धर्मग्रन्थ पढाइ हुने सो मदार्सामा बिहान मात्रै कक्षा सञ्चालन हुँदै आएको छ । ती बालिकाको उजुरीपछि अर्की छात्राले पनि मियामाथि उजुरी दिएकी छिन् । सोही विद्यालयमा ५ कक्षामा अध्ययनरत अर्की १४ वर्षीया बालिकाले उजुरी दिएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्