‘ए’ डिभिजन लिग : एपीएफलाई हराउँदै जावलाखेलको जित



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबलाई हराउँदै जावलाखेल युथ क्लबले जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा जावलाखेलले विभागीय टिम एपीएफलाई १–० गोल अन्तरले हराएको हो ।

जावलाखेललाई जित दिलाउन खेलको ७१ औं मिनेटमा विदेशी खेलाडी फोडे फोफानाले निर्णायक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्